काठमाण्डु – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।
संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित भएपछि कार्की पनि स्वतः कामुप्रधानन्याधीश बनेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । संसद सचिवालयबाट महाअभियोगको पत्र पाएपछि निलम्बित प्रधानन्यायाधीशर जबरा सर्वोच्चबाट बाहिरिसकेका छन् ।
जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिकामा रहनेछन् ।




प्रतिक्रिया