काठमाण्डु- राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक शुरु गरेको डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्षको दोस्रो ब्याच शुरु भएको छ ।
राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक शुरु गरेको डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्षको दोस्रो ब्याच आजबाट शुरु भएको हाे ।
कोर्ष सुभारम्भ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मिनराज कडेँलले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित तथा सुशासित बनाउन र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोर्ष शुरु भएको बताए ।
‘भारतीय राष्ट्रिय सहकारी संघले आयोजना गर्ने डिप्लोमा नेपालले सन् २००५ देखि अध्ययन गराउँदै आएको र नेपालमा नै यस्तो कोर्षको माग भएकाले महासंघले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा संचालन गरेको हो ।’ उनले भने।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवीप्रसाद विडारीले नेपालको समृद्धिका लागि सहकारी बलियो आधार भएको बताउँदै मुल्यमा आधारित रहेर जनतालाई उद्यमी बनाउन सहकारीको योगदान हुने बताए । काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा संचालन हुने कोर्ष लोकप्रिय भएको उनको भनाइ छ ।
काठमाडौं विश्वविद्यालयले सिकाई अध्यापनशास्त्रमा आधारित कार्यक्रम पघतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्ने छ । महांघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कोर्षको उद्देश्यमाथि प्रकाश पार्दै सहकारीका लागि आवश्यक दक्ष र प्रतिस्पिर्धि जनशक्ति उत्पादन गर्न नेपालमा नै शुरु भएको डिप्लोमा कोर्षले सहकारीमा देखिएका समस्या न्युनीकरणमा समेत सहायक सिद्ध हुने बताइन ।
‘पहिलो ब्याजको सफलतापछि हामी अझै उत्साहित छौं।अझ प्रभावकारी रुपमा कोर्ष संचालन हुने छ ।’ उनले भनिन् । उनले दक्ष व्यवस्थापकिय जनशक्ति तयार गर्ने उद्देश्यले संचालन गरिएको ३ महिने व्यवसायीक कोर्ष भएको बताइन ।
कोर्षको संयोजन गरिरहेका महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले तालिमको व्यवस्थापकीय पक्षको विषयमा जानकारी गराएका थिए । अभिमुखीकरण कार्यक्रममा महासंघका नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।




प्रतिक्रिया