काठमाण्डु – नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच छलफल भएको छ । आइतबार गृह मन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती र विप्लव नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच छलफल भएको हो ।
उनीहरुबीच तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको महान्यायाधिवक्ता खातीले जानकारी दिए । साथै दुई पक्षबीच तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र विभिन्न घटनामा पक्राउ परेका विप्लवका नेता कार्यकर्ताको रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउने सहमति भएको छ ।




प्रतिक्रिया