अाेली-प्रचण्डबिच पार्टी एकताबारे बालुवाटारमा एक्ला-एक्लै छलफल सुरू

अाेली-प्रचण्डबिच पार्टी एकताबारे बालुवाटारमा एक्ला-एक्लै छलफल सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताबारे एक्ला-एक्लै छलफल भइरहेको छ। आजको वार्ताबाट पार्टी एकताको मिति टुङ्गिने घोषणा अध्यक्ष प्रचण्डले यसअघि नै गरिसकेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दुई शीर्ष नेताबीच पार्टी एकताको विषयमा वार्ता सुरु भएको हो।

दुवै अध्यक्षबीच वार्ता भएको थिएन। बिहीबार रौतहटमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘भोलिसम्ममा पार्टी एकता टुंगो लाग्ने’ भनेर अभिव्यक्ति दिएका थिए। यही सेरोफेरोमा आज दुवै अध्यक्षबीच एक्ला-एक्लै छलफल चलिरहेको छ।