काठमाण्डु – सरकारले डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले आजै रातीदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य एक÷एक रुपैयाँ घटेको जनाएको छ ।
तर, निगमतले ग्यास हवाई इन्धन र पेट्रोलको मूल्य भने यथावत राखेको छ । मूल्य घटेसँगै डिजेल र मट्टीतेलको मूल्य ९०–९० रूपैया कायम भएको छ ।
यसअघि सरकारले भदौ १६ गते पेट्रोलको मूल्य बढाएको थियो । पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाएर १ सय ७ रुपैयाँ पुर्याएको थियो ।




प्रतिक्रिया