काठमाडौं – डिशहोमले “ डिशहोमा डिलर दाईको डिस्काउन्ट” नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोक्याज च्यानल नंं सयबाटबाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्रबाट बिजय हुनुभएका डिशहोमको सेटअप बक्सको क्यासिड नं.०२५१९१०७४८४ कावाशोती, नवलपरासीका सुदिप मरासिनीर ०२५१९११०६५०, पोखरा कास्कीकी बिनिता गुरुङ्ग लाई प्रति व्यक्ति १,००,००० नगद उपहार प्रदान गरिनेछ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ ।
आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।




प्रतिक्रिया