शनिबारबाट सुरु हुने ‘मेयरकप क्रिकेट’ डिशहोमबाट प्रत्यक्ष प्रशारण हुने


काठमाण्डु – राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजीत मेयर कप पुरुष–२०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।

काठमाण्डुको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयरकप पुरुष–२०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाण्डु महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागियटोली र १ काठमाण्डु महानगरपालिका गरि सहभागी ५ टाली रहेको छ ।

दुबै प्रतियोगिता डिशमिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने कम्पनीले जनाएको छ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाण्डुको किर्तिपुर तथा मुलपानी मैदानमाको पनि डिसहोमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement