डिस होममा डिलर दाइको डिस्काउण्ट अफर

डिस होममा डिलर दाइको डिस्काउण्ट अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डिस होमले आफ्ना ग्राहकलाई थप बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिस होममा डिलर दाईको डिस्काउण्ट अफर’ सञ्चालन गरिरहेको छ ।  उक्त अफरलाई डिसहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा ग्राहकले डिलर दाईमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्जभन्दा विक्ली लक्कीड्रमा भाग लिने अवसर प्राप्त गर्ने असवर पाउनेछन् भने दुई वर्षे रिचार्जमा विक्ली लक्कीड्रमा डबल मौका प्राप्त हुनेछ । यस अफरअन्तर्गत सातामा दुई जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक÷एक लाख नगद उपहार जित्न सक्नेछन् ।

विक्ली लक्कीड्रका बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीका आधारमा गरिनेछ । हरेक साता शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नम्बर १०० र रमाइलो टिभीमा लक्कीड्रको प्रत्यक्ष प्रसारण हुनेछ ।

अनलाइनमार्फत पाँच हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराईने छ । फण्ड ट्रान्सफरबारे जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।