‘डिशहोम फाइबरनेट’को ‘एकदाम दुईकाम’ अफर, डिशहोम टिभीमा मासिक शुल्क नलाग्ने

‘डिशहोम फाइबरनेट’को ‘एकदाम दुईकाम’ अफर, डिशहोम टिभीमा मासिक शुल्क नलाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ । डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।

काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ ।

निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठलगायतका हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ ।

बिगत एक दशकभन्दा बढि समयदेखि डीटीएच सेवा प्रदान गर्दै आएको डिशहोम मिडिया नेटवर्क प्रा.लि.ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । कम्पनीले काठमाडौं उपत्यका बाहिर पनि यो सेवा विस्तारको तयारी गरेको छ ।