डिशहोम फाईबर नेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोम फाईबर नेटको प्रयोगकर्ता एक लाख पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डिशहोमले सुरुवात गरेको डिशहोम फाईवर नेटको ग्राहक संख्या एक लाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवर नेटले एकलाख ग्राहक पुर्याउन सफल भएको छ ।

एकलाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखे ।

आउँदो समय ग्राहक संख्याविस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाखग्राहक संख्या पुगेकोमा केक काटेर खुसियाली मनाएका छन् ।