डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा

डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएकाछन् । डिशहोम फाईबर नेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्नेछन्।

डिशहोमकोे रिचार्ज गरि मासिक,त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि१० एमबीपीएस स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् । डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगैआफ्नै मोबाईलमा डिसहोम गो एपमार्फत७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भोड मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन्।

डिसहोम गो वइब मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्दलिन सक्नेछन्, साथै एक्सभीओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजालिन सक्नेछन्।

नेपालमै टिभिको रिचार्ज गर्दा ईन्टरनेटलगायत डिसहोम गो एक्सभीओडी फ्रिमा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ । डिशहोम फाईबर नेटले हाल बजारमा दश एमबीपीएस २५ एमबीपीएस र ४० एमबीपीएस का प्याकेजहरु उपलब्ध गराएको छ ।