डिशहोमले सम्पन्न गर्यो मेगा ‘लक्की ड्र’

डिशहोमले सम्पन्न गर्यो मेगा ‘लक्की ड्र’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिस होम ग्राहकहरुलाई भरपुर सेवासुविधा प्रदान गरि एक उत्तरदायि संस्थाको रुपमा परिचित बन्दै गएको छ । ग्राहकहरुलाई डिजिटल प्रविधिबाट गुणस्तरीय सेवासुविधा प्रदान गर्ने डिस मिडिया नेटवर्कले नियमसंगत व्यापारलाई अनुसरण गरि नेपाली समाजमा एक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रुपमा अघि बढिरहेको हो ।डिशहोमले व्यवसायिकता, पारदर्शिता तथा ग्राहक सेवाका लागि विश्वस्तरीय प्रविधिहरुको प्रयोग गरिरहेको छ ।

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्नेउद्देश्यले डिस होममा डिलर दाईको डिस्काउन्ट नामक अफर ल्याएको थियो र छ, जस अनुसार डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरे बापत एड अन प्याकेज सहित weekly लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्नेछन् ।सोही अन्र्तगत डिशहोमले डिस होममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्र्तगत २०७६ साल चैत्र ७ गते देखि २०७७ साल जेष्ठ ८ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर मेगा ‘लक्की ड्र’ सम्पन्न गरेको छ ।

उक्त योजना अनुसार जेष्ठ ९ गते शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No. 100 प्रसारण गरिएको थियो । उक्त योजना अनुसार १० जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,००० /- नगद प्राप्त गर्नु भएको थियो । Mega Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913300795 , 02519229234, 71903393800, 02558114709, 71912401511, 71907479506, 71913350964, 71908166573, 71905851581, 02519245752 लाई बिजेता घोषणा गरिएको छ ।

बिजेताहरुलाई प्रति व्यक्ति रु. १,००,०००/-नगद उपहार प्रदान गरिने भएको छ । बिजेताहरुलाई डिशहोमले धेरै बधाई दिएको जनाएको छ। अब आउने लाइभ ‘लक्की ड्र २०७७ साल जेष्ठ १६ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी पनि डिशहोमले गराएको छ। २०७७ साल जेष्ठ ९ गते शुक्रबार देखि जेष्ठ १५ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ १६ गतेको लाइभ ‘लक्की ड्र’ मा समावेश गरिने छ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न डिशहोमको भनाई छ ।