डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने

डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गरेको छ ।  डिशहोम र डियरवाल्कको लर्निङ सेन्टरको सहकार्यमा सहकार्यमा बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ ।

डिशहोमको च्यानल नं. ११४ माकक्षा १०को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७को र च्यानल नं.११७ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्मप्रशारण हुनेछ । यसका साथै विगत ६ महिनाभन्दाबढि समय देखि विभिन्नकारणबस डिशहोम रिचार्जनगर्नुभएका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागु हुने गरी ३० दिन सम्मकालागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ ।

यस सुविधाले लकडाउनको अवधिमाग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउनअझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ ।डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।