काठमाण्डु – डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे संचालन गरेको छ ।
उक्त कार्यक्रम ‘कमेडी क्याफे’ २०७७ फागुन २२ गते देखी डिसहोमको रियालिटी टिभी च्यानल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।
बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई प्र्यांक कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।
हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचितकलाकारसुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई प्र्यांक गर्छन । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।




प्रतिक्रिया