डिशहोमका ग्राहकले ‘डल्ले रेस्टुरेन्ट’मा १० प्रतिशत छुट पाउने

डिशहोमका ग्राहकले ‘डल्ले रेस्टुरेन्ट’मा १० प्रतिशत छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम र रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग सम्झौता भएको छ ।

सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले डल्लेका काठमाण्डु उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने भएका हुन् ।

डल्लेका प्रबन्ध निर्देशक आलोक योन्जोन र डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने छन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग कसरि गर्ने ?
माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्नुहोस्।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।
डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्‍याइरहेको डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।