अखिल क्रान्तिकारीको विवाद समाधान गर्न तीन सदस्यीय समिति गठन

अखिल क्रान्तिकारीको विवाद समाधान गर्न तीन सदस्यीय समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

काठमाण्डुमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनको विवाद समाधान गराउन बहालवाला नेतृत्वभन्दा बाहिर रहेका नेताको नेतृत्वमा समिति गठन गर्ने र समितिले दिने रिपोर्टको आधारमा पार्टीले थप कदम चाल्ने घोषणा गरेका थिए ।

हाल अखिल क्रान्तिकारी विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा भएको छ ।