काठमाण्डु – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीका लागि ५ मिनेट समय विभाजन गरिएकाेप्रति प्रधानन्यायाधीशले असन्तुष्टि जनाएका छन् ।
आइतबार शुरु भएको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ५ मिनेटको छोटो समयमा कानुन व्यवसायीले कसरी विषय राख्न सक्छन् भनेर प्रश्न गरेका हुन् ।
निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले छोटो समय लिएपछि प्रधानन्यायाधीश राणाले भने, ‘पाँच मिनेटमा त के नै आउँछ र जिस्क्याएको जस्तै भयो । के यहाँ आएर उभिएर जाने हो ? ।’
प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिसिभा विघटनविरुद्ध संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहितका १४६ जना सांसदले हालेको रिटमाथि पक्षका तर्फबाट भइरहेको बहस आइतबार आज सकिँदैछ ।




प्रतिक्रिया