पूर्वमन्त्री बस्नेतको पहलमा सिन्धुपाल्चोकमा मेडिकल सामग्री वितरण

पूर्वमन्त्री बस्नेतको पहलमा सिन्धुपाल्चोकमा मेडिकल सामग्री वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । बुधबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा मेडिकल सामग्री वितरण गरिएको हो ।

नेता बस्नेतको पहलमा बाह्रविसे नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा स्यानिटाइजर, साबुन मास्क, पञ्जा, एप्रोनलगायतका सामग्री वितरण गरिएको छ । नेता बस्नेतले आफँैले उक्त सामग्री प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेका चिकित्सक सिर्जना महर्जनलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीलाई काम गर्न असुविधा भएपछि सबैको सहयोगमा विभिन्न मेडिकल सामग्री वितरण गरिएको पूर्वसञ्चारमन्त्री बस्नेतले जानकारी दिए । उनले सकेको सहयोग गर्न सबैलाई आह्वानसमेत गरे ।