जिल्ला न्यायाधीशमा २४ जना सिफारिस (नामसहित)

जिल्ला न्यायाधीशमा २४ जना सिफारिस (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय सेवा आयोगले मंगलबार जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत पुसमा २९ पदका लागि दरखास्त आह्वान गरेकोमा २४ जना नियुक्तिका लागि सिफारिस भएका हुन् ।

आन्तरिक खुलामा यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, तिलकबहादुर कार्की र केशवराज चापागाईं छन् । रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार बर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलुवाल र खेमराज भट्ट पनि सिफारिस भएका छन् ।

खुलातर्फ भने नौजना सिफारिस भएको छ । ध्रुवराज कार्की, टेकनाथ गौतम, श्यामविहारी मौर्य, ढाकाराम पौडेल, ईश्वरमणि ओझा, मनोजकुमार श्रीवास्तव र अम्बिकाप्रसाद दाहाल सिफारिसमा परेका छन् । साथै उद्धवप्रसाद गजुरेल र पुण्यप्रसाद सापकोटालाई पनि सिफारिस गरिएको छ ।

अपांगतर्फ रोमाकान्त ज्ञवालीलाई सिफारिस गरिएको आयोगले जनाएको छ । मधेसी, महिला र आदिवासी–जनजातितर्फका एक–एक१ सिट खाली छन् । मधेसीतर्फको एक सिटमा लिखितमा दुईजनाको नाम सिफारिस भएको छ ।