पहुँच हुने जिल्लाले दुई-दुई मन्त्री पाउँदा ६ जिल्ला निल

पहुँच हुने जिल्लाले दुई-दुई मन्त्री पाउँदा ६ जिल्ला निल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ – प्रदेश ४ मा सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ। मन्त्रिपरिषद् विस्तारमा तनहुँका किरण गुरुङसहित तीन मन्त्री थपिएका छन्। ४ नम्बर प्रदेशका ११ जिल्ला मध्ये गोरखा र तनहुँ दुई-दुई मन्त्री पाउने जिल्ला बनेका छ। त्यस्तै पर्वत र म्याग्दीले एक एक मन्त्री पाएका छन् भने लमजुङले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पाएको छ। यसअघि सांसद रोशन गाहालाई मन्त्री बनाउने चर्चा चलेपनि गुरुङ मन्त्री बनेपछि उनलाई हटाइएको थियो।

व्याँस ४ का स्थानीय अञ्जान श्रेष्ठले जिल्लाले मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै अब तनहुँको विकासमा फड्को मार्ने बताए। प्रदेशमा सोमबार विस्तारित मन्त्रिपरिषदमा नवनियुक्त तीनै जना मन्त्री एमालेका हुन्। ४ नम्बर प्रदेशमा एमाले र माओवादी केन्द्रबीच पहिलेनै भएको समझदारी अनुसार एमालेले ५ र माओवादीले २ मन्त्रालय लिएका छन्। कुनै जिल्लाका जनता उतसाहित हुँदै गर्दा कतै भने निराशा छाएको छ। अहिले ६ वटा जिल्ला मन्त्रीविहिन बनेको छ।

जिल्लामा केन्द्रीय नेतृत्व हाबी हुन नसक्दा केहि जिल्लाका सांसदहरु मन्त्री बन्न नकसेका खबर आजका नयाँ पत्रिका दैनिकले छापेको छ। पार्टीमा केन्द्रीय तहमा नेतृत्व पक्कड हुन नसक्दा अधिकांश जिल्ला निल हुन पुगेको हो। तनहुँ र गोरखाबाट दुई-दुई जना सांसदले मन्त्री बन्ने अवसर पाए। गोरखाबाट रामशरण बस्नेत भौतिक पुर्वाधार मन्त्री र लेखबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन्।

त्यस्तै तनहुँबाट आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र अर्थ तथा योजना मन्त्री किरण गुरुङ नियुक्त भएका छन्।

मुख्यमन्त्रीका दाबेदार नै मन्त्री
एमालेका प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङ अन्तिम समयमा मन्त्री बनेका छन्। गुरुङलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अर्थ तथा योजना मन्त्रालयको जिम्मेवारी दिए। नवनियुक्त अर्थमन्त्री गुरुङले प्रदेश र प्रतिनिधि सभा निर्वाचन अगाडीदेखि नै ४ नम्बर प्रदेशको इन्चार्ज र पार्टीको बरियतामा अगाडी रहेको भन्दै मुख्य मन्त्रीको दाबी गर्दै आएका थिए।