पन्ध्र आयोजनालाई तिन दिनभित्र विवरण पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँकाे निर्देशन

पन्ध्र आयोजनालाई तिन दिनभित्र विवरण पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँकाे निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जिल्ला मातहतका आयोजना कार्यालयलाई तीन दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन निर्देशन दिएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका विभिन्न १५ विकास निर्माणका आयोजना प्रमुखलाई पत्र लेख्दै तीन दिनभित्र ठेकेदारले गरेको कामको विस्तृत विवरण पठाउन निर्देशन दिएका हुन् ।

सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडाैँ उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा आज पत्र पठाइएको छ । ‘हामीले परियोजनाको नामसहित कुन ठेकेदारले कति काम गरेको छ, सोको विस्तृत विवरण पठाउन आयोजना प्रमुखलाई भनेका छौँ’, उनले भने ।

बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्र्नेे कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फार्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको हो ।