जिल्ला सरकारी वकिलको कार्यालयले पनि सर्वेन्द्र र महेशविरुद्ध ‘अपहरण’ मुद्धाको जाहेरी लिएन

जिल्ला सरकारी वकिलको कार्यालयले पनि सर्वेन्द्र र महेशविरुद्ध ‘अपहरण’ मुद्धाको जाहेरी लिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी वकिलको कार्यालय, काठमाडौंले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टीका नेताहरूले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गर्ने्विरूद्ध दिएको किटानी जाहेरी बबरमहलस्थित सरकारी वकिल कार्यालयले लिन नमानेको बताएका हुन्। सांसद यादवलाई केही दिनअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए।

आफ्नो इच्छाविपरीत आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको भन्दै सांसद यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार जाहेरी निवेदन दिए पनि दर्ता भएको थिएन। समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।