ढाकाकुमार माथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

ढाकाकुमार माथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ ।

आफूलाई सांसद पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै श्रेष्ठको सांसद पद अर्काे आदेश नभएसम्मका लागि कायम रहने भएको छ।

इजलासले दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेलसम्म श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न निर्देशा दिएको हो । यसका लागि दुवै पक्षलाई छलफलका लागि सर्वाेच्चले बोलाएको छ ।

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।