स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी


रुपन्देही – पछिल्लो समय विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारप्रति प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले भर्त्सना गरेको छ ।

मन्त्री सुदर्शन बरालले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी कोभिड-१९ विरुद्ध अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारको घटनाप्रति निन्दा गर्दै प्रदेशमा यस प्रकारका आक्रमण तथा दुर्व्यवहार भएमा संलग्नलाई कारबाहीका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

संक्रमणको सुरुवाती चरणदेखि नै स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ उपचार गरिरहेको बताउँदै उनले कठिन काममा खट्ने स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गरेका छन् ।

मन्त्री बरालले संक्रमित वृद्धि हुँदै जाँदा कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मीको जिम्मेवारी अझै थपिएकोे जनाए । प्रदेश सरकार स्वास्थ्यकर्मीको भौतिक, पेशागत र स्वास्थ्य सुरक्षाप्रति निकै संवेदनशील रहे को भन्दै मन्त्री बरालले सबैको साथ, सहकार्य र सहभागिताबाट कोभिड-१९ को नियन्त्रण गर्न सम्भव रहेको विश्वास व्यक्त गरे ।

‘सम्पूर्ण जनसमुदायलाई कोभि-१९ को नियन्त्रण तथा रोकथाममा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने व्यवहार गर्न आह्वान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement