कोरोना संक्रमणबाट दुई जना वरिष्ठ डाक्टरको निधन

कोरोना संक्रमणबाट दुई जना वरिष्ठ डाक्टरको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप दुई जना चिकित्सकको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित दुई डाक्टरको उपचारका क्रममा निधन भएको हो ।

मृत्यु हुनेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापा रहेका छन् । डा झा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत हुन् ।

डा झाको मंसिर १ गते सोमबार बिहान मृत्यु भएको हो भने डा थापाको आइतबार राती मृत्यु भएको छ ।