काठमाण्डु – वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको आज निधन भएको छ ।
वरिष्ठ पेटरोग विशेषज्ञ ग्याष्ट्रोइन्टेरोलोजिष्ट एवं प्रा. डा. आइ.एल. (ईश्वर लाल) आचार्यलाई वैशाख १ गते सानेपास्थित स्टार अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र २९ गते कोरोना रिपोर्ट पनि नेगेटिभ आएकोमा उपचारकै क्रममा ८३ वर्षको उमेरमा आज विहान करिव ४ वजेतिर निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेतीले जानकारी दिए ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको निधन भएको बताइएको छ ।




प्रतिक्रिया