एजेन्सी – भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक डाक्टरको मृत्यु भएको छ । इन्दौरका ६२ वर्षीय जनरल फिजिसियन डा. शत्रुघन पन्जवानीमा चार दिनअघि कोरोनाको संक्रमण देखिएको थियो ।
उनका सहकर्मीका अनुसार उनले कुनै पनि कोरोना संक्रमित बिरामीको जाँच गरेका थिएनन् । उनी कसरी संक्रमित हुन पुगे यसबारे भने खुलाइएको छैन ।
डा. पन्जवानीका श्रीमती तथा तीन छोरा अस्ट्रेलियामा रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । इन्दौरमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने १ सय ७३ संक्रमित छन् ।
भारतमा हाल कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न लकडाउन जारी छ ।




प्रतिक्रिया