काठमाण्डु – नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुईजना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् ।
सिआइबीले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको जनाएकाे छ ।
बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् ।
नक्कली डाक्टर र नक्कली शैक्षिक प्रमाणपत्रधारी खोज्न सिआइबीले अपरेसन ‘चार्ली फोक्टर’सञ्चालन गरेको छ। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।




प्रतिक्रिया