डाक्टरहरूले बढाएको बिरामी जाँच शुल्कबारे स्वास्थ्य मन्त्रालयको आपत्ति

डाक्टरहरूले बढाएको बिरामी जाँच शुल्कबारे स्वास्थ्य मन्त्रालयको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चिकित्सा संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालले डाक्टरले बिरामी जाँच्ने शुल्क बढाउने गरेको निर्णयप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ ।

बिहीबार मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले एक विज्ञप्ति जारी गर्दै शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको जनाएको हो ।

उक्त निर्णयलाई मन्त्रालयले नेपाल चिकित्सा संघ र अफिनको एकलौटी निर्णय भएको बताएको छ ।

मन्त्रालयद्वारा गठन गरेको परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको हुँदा शुल्क वृद्धि गर्ने अवस्था नरहेको जनाएको छ ।

डाक्टरहरूले बिरामी जाँच्ने शुल्क २०७१ भदौ ११ गते जारी गरेको पत्रअनुसार नै कायम रहेको मन्त्रालयले जानकारी दिएको छ ।