बिरामीको शल्यक्रिया गर्न लागेका डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु

बिरामीको शल्यक्रिया गर्न लागेका डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साउदी अरबमा बिरामीको शल्यक्रिया गर्न गएका एक डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु भएको छ ।

बीबीसीका अनुसार शुक्रबार खामित मुसाइत सिभिल हस्पिटलमा हाडजोर्नीसम्बन्धी शल्यक्रियाको लागि तयारी गरिरहेकै बेला डाक्टर महदी अल एमारीको हृदयघातका कारण मृत्यु भएको हो ।  शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा सहयोगीहरुले उनी अस्वस्थ रहेको देखेका थिए । स्वास्थ्य परीक्षण गर्दा उनीमा मुटुको समस्या देखिएको थियो ।

त्यसपछि उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्वीकार गर्दै बिरामीको अपरेसन गर्ने अडान राखेका थिए । तर, उनको स्वास्थ्य परीक्षण गरी इलेक्ट्रोडायग्राम गर्दा उनलाई हृदयाघात भएको पाइएको अस्पतालले बताएको छ ।

यद्यपि इलेक्ट्रोडायग्राम गरेपछि उनले अपरेसन गरे वा गरेनन् भन्ने खुलाइएको छैन ।