आइतबार चिकित्सक संघले आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गर्ने

आइतबार चिकित्सक संघले आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग पूरा गर्न आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको हो ।

आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने समेत चेतावनी दिएको छ ।

संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो ।

शुक्रबार राति स्थगित भएको सरकार र डा.केसी पक्षको वार्ता अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको यो अप्ठ्यारो अवस्थामा अनसन अन्त्य गरिदिन पनि सरकारले डाक्टर केसी समक्ष आग्रह गरेको छ ।