काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को जवाफ माग्दै प्रतिपक्षी सांसदहरूले अवरोध गरेको प्रतिनिधिसभा बैठक नियमित सञ्चालन गर्न सभामुख डोलप्रसाद अर्यालले परामर्श सुरु गरेका छन् ।
बैठक निर्वाध सञ्चालनका लागि समझदारी जुटाउन सभामुख अर्यालले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित बैठक सुरु हुन सकेको छैन । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै उपस्थित भएर दिनुपर्ने माग विपक्षी दलहरूले गरेका छन् ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रमको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्न पठाएका थिए । त्यसका लागि सभामुख अर्यालले समय दिएलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए ।




प्रतिक्रिया