प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित भएकाे घोषणा, शपथ ग्रहण आजै

प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित भएकाे घोषणा, शपथ ग्रहण आजै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल निर्विरोध प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई निर्विरोध सभामुख भएको घोषणा गरे ।

पार्टीका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

रविको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

 अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।