दोलखामा हवाई फायर, रोकिएको मतदान पुनः सुरु

दोलखामा हवाई फायर, रोकिएको मतदान पुनः सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दोलखाको मालु मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ । तामाकोशी गाउँपालिका-४ को गोल्मेश्वर माध्यामिक विद्यालयमा विवाद भएपछि मतदान रोकिएको हो ।

विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।

मतदाताले निर्वाचन कर्मचारीमाथि हातपात गर्न खोजेका थिए । विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए।

हाल मतदान प्रक्रिया अगाडि बढाइएको प्रशासनले जनाएको छ।