काठमाण्डु – दोलखाको मतगणनामा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ ।
गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको वडा नं १ र ९ सहित १० वटा वडाको मतगणना सकिँदा कार्कीले ५ हजार ४३४ मत पाएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीले ३ हजार ८८९ मत पाएका छन् । उनीहरूबिचको मतान्तर १५ सय ४५ रहेको छ ।




प्रतिक्रिया