दोलखाका १० मतदान केन्द्रमा मङ्सिर १५ गते पुन: मतदान हुने


दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ ।

सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोस्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग मा मतदान हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement