दोलखा पहिरोमा बालकको शव भेटियो,३ जना बेपत्ता

दोलखा पहिरोमा बालकको शव भेटियो,३ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा – दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा हराएका चारमध्ये एक जनाको शव फेला परेको छ। तीन वर्षीय बालक प्रिन्स थामीको शव फेला परेको प्रहरीले जनाएको छ।

पहिरोमा अझै तीन जना बेपत्ता छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर,उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका हुन्।

गएरातीदेखि अविरल वर्षासँगै गौरीशंकर –८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएकाे प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।

बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।