चरिकोट- दोलखामा एमालेको उम्मेदवार वालकृष्ण शिवाकोटीले फराकिलो अग्रता लिएका छन । ३६ हजार ३३६ मत गनिसक्दा सिवाकोटीले १६ हजार २१४ मत पाएका छन् । गठबन्धनका उम्मेदवार माओवादी नेता गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।
कार्कीभन्दा शिवाकोटी १५०३ मतले अघि छन् । दोलखाका १० मतदान केन्द्रमा धांधली भएपछि पुनः मतदान भएको थियो । माओवादी नेता कार्कीले सुरुदेखी नै अग्रता लिएका थिए । अहिले भिमेश्वर नगरपालिका २, ३ र ४ को गणना सुरु भएको छ ।
प्रदेशसभा १ मा कांग्रेसका कुन्दन कांफ्लेले १५ हजार ७४१ र एमालेका नरबहादुर श्रेष्ठले ११ हजार ७४१ मत ल्याएका छन् । त्यसैगरी प्रदेशसभा २ मा एमालेका भरत केसीले १८ हजार १५ र कांग्रेसका बर्मा लामाले १६ हजार ४४१ मत ल्याएका छन् ।




प्रतिक्रिया