काठमाण्डु– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ १५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७५ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ४० पैसा र बिक्रीदर १६९ रूपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रूपैयाँ सात पैसा र बिक्रीदर १९४ रूपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ३० पैसा र बिक्रीदर १८२ रूपैयाँ पाँच पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ७० पैसा र बिक्रीदर १०५ रूपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रूपैयाँ ४६ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २० पैसा र बिक्रीदर नौ रूपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ६४ पैसा र बिक्रीदर २० रूपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७१ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ६० पैसा र बिक्रीदर चार रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६३ पैसा र बिक्रीदर १५ रूपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ५४ पैसा र बिक्रीदर २२ रूपैयाँ ६४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८ रूपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रूपैयाँ छ पैसा र बिक्रीदर ४७१ रूपैयाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३८३ रूपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रूपैयाँ ९८ पैसा रहेको छ।
यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।




प्रतिक्रिया