काठमाण्डु– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६४ र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ २१ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७३ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९८ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।




प्रतिक्रिया