डाेल्पामा कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार

डाेल्पामा कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा – हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दुवै जना सङ्क्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गरी काठमाण्डु लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।

केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य भए पनि बिहीबारदेखि दुवै जनाको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाइ छ ।

जिल्लामा निषेधाज्ञा गर्ने, विद्यालय बन्द गर्नेलगायत विषयमा छलफल भइरहेको प्रशासनको भनाइ छ । उद्धारका लागि दुवै जनाले आफ्नो खर्चमा हेलिकप्टर चार्टर गरिएको छ ।