कठमाण्डु – डोल्पामा जंगली च्याउ खाँदा चार जना बिरामी भएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली विषालु च्याउ खाँदा चार जना बिरामी भएका हुन् ।
आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३२ वर्षका सुर्यबहादुर शाही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको बताए । ‘चारैजनाको अवस्था सिकिस्त छ, उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगन्ज पठाइएको जानकारी दिए ।




प्रतिक्रिया