डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडियो, रक्षामन्त्रीले गरे उद्घाटन

डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडियो, रक्षामन्त्रीले गरे उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय प्राथमिकतामा रहेको नेपाली सेनाद्वारा निर्माणाधिन जाजरकोट-डोल्पा-दुनै सडक मार्गको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन्।

मंगलबार डोल्पा जिल्लाको त्रिपूराकोट छलगाड चौरमा भएको विशेष कार्यक्रममा रक्षामन्त्री पोखरेलले आयोजनाको ट्रयाक एवं यातायात संचालनको शुभारम्भ गरे।

योसँगै डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ।

एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले बनाएको हो, भने सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो ।

सडक आयोजनाको उद्घाटन कार्य क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सडक विभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठ, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सहभागी थिए।