चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उदघाटन स्थलमा जब सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहजस्तै दुई युवा देखिए तब धेरैको ध्यान त्यसतर्फ तानियो ।
कतिपय कार्यकर्ता र शुभेच्छुक झुक्किए, उनीहरुले ती रवि र बालेन भएको ठाने ।
औपचारिक कार्यक्रम सुरु हुनुअघि सँगै कार्यक्रम स्थल पुगेका ती दुई धेरैको आँखामा परे ।
युवाको हेयर स्टाइल, कपडा, दाह्री र शशीरको जिउडाल उस्तै भएका रविजस्ता देखिने युवाले हातमा मोबाइल लिएका छन् ।
बालेनजस्तै देखिने अर्का युवाले कालो टोपी, कालै कोट र चश्मा लगाएका छन् । उनीहरु कार्यक्रमको आकर्षणको केन्द्रजस्ता भएका छन् ।




प्रतिक्रिया