रुस–युक्रेन युद्ध अन्त्य गराउन सक्रिय डोनाल्ड ट्रम्प : पुटिनसँग साउदी अरबमा भेट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्य गराउन सक्रिय डोनाल्ड ट्रम्प : पुटिनसँग साउदी अरबमा भेट्ने तयारी

पुटिन र जेलेन्स्कीसँग पालैपालो फोनवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्।

दुवै नेताहरू युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न सहमत भएको उनको भनाइ छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा एउटा पोस्ट गर्दै आफू र रुसी राष्ट्रपति आआफ्ना सम्बन्धित टोलीबीच तत्कालै वार्ता सुरु गर्न सहमत भएको जनाएका छन्।

दुई नेताहरूको टेलिफोन वार्ता र ट्रम्पको भनाइ आएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले ट्रम्पसँग दीर्घकालीन र भरपर्दो शान्तिबारे कुराकानी गरेको बताएका छन्।

ट्रम्प र उनका रक्षामन्त्रीले नेटोमा युक्रेन सहभागी हुने सम्भावना कम भएको बताउँदै आएका बेला युद्धरत दुवै पक्षसँग ट्रम्पको कुराकानी भएको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीले शुक्रवार जर्मनीको म्युनिखमा हुने युक्रेनबारेको रक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति डेजी भान्स र विदेशमन्त्री मार्को रुबिओसँग भेटघाट हुने बताए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,’यो बेकारको युद्ध रोक्ने समय हो, त्यहाँ ठूलो र पूर्णतस् अनावश्यक मृत्यु र विनाश भएको छ। ईश्वरले रुस र युक्रेनका जनतालाई आशीर्वाद दिऊन् !’

उनले पुटिनसँग प्रत्यक्ष रूपमा हुने भेटघाटको मिति खुलाएनन्। पछि ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘हामी साउदी अरबमा भेट्ने छौँ।’

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले सँगै काम गर्ने समय आएको ट्रम्पको विचारलाई समर्थन गरेको बताएका छन्।