होर्मुज स्ट्रेटमा नाकाबन्दी : इरानी जहाजलाई तुरुन्तै नष्ट गर्ने ट्रम्पकाे चेतावनी

होर्मुज स्ट्रेटमा नाकाबन्दी : इरानी जहाजलाई तुरुन्तै नष्ट गर्ने ट्रम्पकाे चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा नाकाबन्दी सुरु गरेका छन् । अमेरिकी समयअनुसार सोमबार बिहान १० बजेदेखि नाकाबन्दी सुरु भएको हो ।

डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा नयाँ पोस्ट गर्दै नाकाबन्दीनजिक पुग्ने कुनै पनि इरानी जहाजलाई तुरुन्तै नष्ट गरिने चेतावनी दिएका छन्।

‘इरानको नौसेना समुद्रको तल्लो भागमा पुगेको छ, १५८ वटा जहाज नष्ट भएका छन्। हामीले अझै आक्रमण नगरेका केही साना ‘फास्ट अट्याक सिप्स’ मात्र बाँकी छन्, किनकि हामीले तिनलाई ठूलो खतरा मानेका थिएनौं, इरानी जहाजहरू अमेरिकी नौसैनिक नाकाबन्दी नजिक आएमा नष्ट गरिनेछन्’ ट्रम्पले लेखेका छन्।

पाकिस्तानमा सप्ताहन्तमा भएको शान्ति वार्ता कुनै ठोस उपलब्धि बिना समाप्त भएपछि इस्लामिक क्रान्तिकारी गार्ड कोरले प्रतिकार गर्ने कसम खाएको छ ।

अमेरिकी पक्षले यो कदम इरानको ‘आर्थिक दबाब’ र समुद्री मार्गमा नियन्त्रणलाई रोक्नका लागि लिइएको बताएको छ, भने इरानले यसलाई ‘समुद्री डकैती’ भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ।

इरानले अमेरिकाले नाकाबन्दी लागू गरेपछि क्षेत्रीय तनाव अझ चर्किएको छ र यसको असर विश्व अर्थतन्त्रमा समेत देखिन थालेको छ। तेलको मूल्य तीव्र रूपमा बढेको छ भने अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध देखिन थालेको बीबीसीले जनाएको छ।

द्वन्द्व अन्त्यका लागि लेबनन र इजरायलका राजदूतहरू मंगलबार अमेरिकामा भेटवार्ता गर्दै छन्। अमेरिकाको राजधानी वासिङ्टनमा हुने छलफलमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो सहभागी हुने बीबीसीले जनाएको छ ।

अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेटर र लेबननी राजदूत नादा हमादेह मोआदले विदेश मन्त्रालयमा रुबियोसँग वार्ता गर्नेछन्।