अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।लु आजबाट एक हप्तासम्म दक्षिण एसियाका भारत, श्रीलङ्का र नेपालको भ्रमण गर्ने भएका हुन् ।

लु एमसीसी बहसका क्रममा यस अगाडि नेपाल आइसकेका छन् । भारतबाट श्रीलङ्का अनि नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ ।

भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, साँस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरुसँग भेटवार्ता पनि गर्ने छन् ।