पत्नीशोकमा रहेका प्रधानमन्त्री दाहाललाई अमेरिकी सहायक विदेशमन्त्री लुको समवेदना

पत्नीशोकमा रहेका प्रधानमन्त्री दाहाललाई अमेरिकी सहायक विदेशमन्त्री लुको समवेदना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा विदेशमन्त्री लुले जीवनसङ्गिनीको निधन भएकाेमा प्रधानमन्त्री दाहाललाई समवेदना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पणसमेत गरेका थिए ।