नेपाललाई दिइएको सहायताबारे ट्रम्पले भने-‘दिस इज फ्रड !’

नेपाललाई दिइएको सहायताबारे ट्रम्पले भने-‘दिस इज फ्रड !’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइएको सहयोग ‘ठगी’ भएको टिप्पणी गरेका छन् ।

अमेरिकी सरकारले नेपाललाई दिने ३९ मिलियन डलर सहायता रद्द गरेको विषयमा राष्ट्रपति ट्रम्पले यस्ता सहयोग ठगी भएकोले रोकिएको बताएका हुन् । नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’

 

अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा केही दिन अघि दिएको भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् ।

यो निर्णय अर्बपति एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी कार्यक्षमता विभाग (डिओजीइ) को सिफारिसमा आधारित रहेको र यसले विश्वभरि अमेरिकी सहायता पुनरावलोकन गरिरहेको राष्ट्रपति ट्रम्पले जनाएका छन् । डिओजीइले यसअघि नै नेपालको संघीयता सुदृढीकरण र

जैविक विविधता संरक्षणका लागि कुल ३ करोड ९० लाख डलरको सहायता रद्द गरिसकेको छ ।

अमेरिकाले वित्तीय संघीयताका लागि २० मिलियन अमेरिकी डलर र जैविक विवधतामा १९ मिलियन अमेरिकी डलर (पाँच अर्ब ४३ करोड ११ लाख ५९ हजार नेपाली रुपैयाँ) प्रदान गर्दै आएको थियो ।

भाषणमा ट्रम्पले भनेका छन्, ‘यी तथ्यांकहरू सुन्नुहोस् । यो सबै ठगी हो । नेपालमा जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर ।’

उनले अन्य देशहरूलाई दिइने सहायतालाई पनि समान रूपमा आलोचना गरेका छन् । ट्रम्पले भारतलाई मतदान प्रतिशत वृद्धिका लागि दिइने २ करोड १० लाख डलरको सहायता रोक्ने निर्णयको बचाउ गर्दै भने, ‘हामी भारतलाई किन यति धेरै पैसा दिइरहेका छौं? उनीहरूसँग आफ्नै धेरै पैसा छ ।’