जेलेन्स्की रूससँग वार्ता र खनिज सम्झौता गर्न तयार छन् : डोनाल्ड ट्रम्प

जेलेन्स्की रूससँग वार्ता र खनिज सम्झौता गर्न तयार छन् : डोनाल्ड ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनका नेता भोलोदिमर जेलेन्स्की ह्वाइट हाउसमा भएको झडपको केही दिनपछि रुससँग वार्ता गर्न र अमेरिकी खनिज सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको बताएका छन् ।

अमेरिकी संसद कंग्रेसको संयुक्त सत्रलाई बुधबार बिहान सम्बोधन गर्दै उनले युक्रेन स्थायी शान्ति नजिक ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार रहेको बताएका हुन् ।

“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीबाट एउटा महत्त्वपूर्ण पत्र प्राप्त गरेँ, पत्रमा लेखिएको छ, ‘युक्रेन स्थायी शान्ति नजिक ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छ । युक्रेनीहरूभन्दा बढी कसैले शान्ति चाहँदैनन्’ उनले भने, ‘मेरो टोली र म राष्ट्रपति ट्रम्पको दृढ नेतृत्वमा स्थायी शान्ति प्राप्त गर्न तयार छौँ, हामी अमेरिकाले युक्रेनको सम्प्रभुता र स्वतन्त्रता कायम राख्न गरेको सहयोगलाई धेरै महत्त्व दिन्छौँ’ ।”

यसअघि मङ्गलबार जेलेन्स्कीले शुक्रबार उनीहरूका बीचको विवादपछि ट्रम्पसँग ‘कुरा सुधार गर्न’ चाहेको बताएका थिए ।

ओभल अफिसमा उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकी सहायताप्रति कृतघ्न भएको आरोप लगाएक थिएभने ट्रम्पले युद्धरत नेतालाई ‘खेल्ने कुनै कार्ड छैन’ भन्दै आलोचना गरेका थिए ।

जेलेन्स्की युक्रेनी खनिज स्रोतहरूमा नियन्त्रण सुरक्षित गर्न अमेरिकालाई ट्रम्पद्वारा गरिएको सम्झौतामा हस्ताक्षर नगरी नै फर्किएका थिए ।

पछि ट्रम्प प्रशासनले तीन वर्षअघि रुसले आक्रमण गरेको युक्रेनलाई सबै सैन्य सहायता स्थगित गरेको बताएको थियो।